बैंक-वित्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रोपटक यूरोमनीबाट सम्मानित

इकागज |
साउन १०, २०८० बुधबार १३:४६ बजे

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि ‘यूरोमनी एवार्डस् फर एक्सलेन्स, २०२३’ बाट सम्मानित भएको छ । 

युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो र बैंकले उक्त प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो । यसअघि दुई पटक सन् २०१८ र २०२१ मा  पनि बैंकले यस अवार्ड हासिल गरेको थियो । 


वर्षभरिको कार्यसम्पादन ,रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण आफूलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बैंकले आज गरेको प्रेस विज्ञप्तिमा छ । 

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा पूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष एनआईएमबी बैंकलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ । 

बैंकको चुक्ता पूँजी ३४.१२ अर्ब रहेको एनआईएमबीको  शेयरधनी कोष ५९.९५ अर्ब नेपालको वाणिज्य बैंकहरू मध्येकै सबैभन्दा उच्च हो । 

बैंकले २ सय ९६ शाखा, २ सय ८० एटीएम, ६२ वटा एक्सटेन्सन काउन्टरहरु र एक सय सात शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ३० लाखभन्दा बढी ग्राहक महानभावहरूलाई सेवा दिइरहेको छ । 
 


Author

थप समाचार
x