बैंक-वित्त

महालक्ष्मी विकास बैंक बिफिनको एक्सिलेन्स अवार्डबाट सम्मानित

इकागज |
साउन ३०, २०८० मंगलबार १८:१४ बजे

काठमाडौँ– कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै महालक्ष्मी विकास बैंक बिफिनको एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।

सोमबार अलफ्ट काठमाडौँ होटलमा सम्पन्न ' लिर्डस फर द नेक्स्ट जेनेरेशन : एक्सपेक्ट द अनएक्सपेक्टेड ' कन्फरेन्सका बीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 


महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् । 

महालक्ष्मी विकास बैंक २९ वर्ष पुरानो हो ।


Author

थप समाचार
x