बैंक-वित्त

माछापुच्छ्रे बैंकले गर्‍याे बोनस सेयर घोषणा

इकागज |
भदौ १३, २०८० बुधबार १३:६ बजे

काठमाडौ। माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७०% नगद गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । योसँगै माछापुच्छ्रे वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गर्ने बैंक बनेको छ । 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । अघिल्लो वर्ष यस बैंकको सेयरधनीलाई कुनै प्रतिफल वितरण गरेको थिएन । 



Author

थप समाचार
x