बैंक-वित्त

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन

इकागज |
भदौ १८, २०८० सोमबार १३:२१ बजे

काठमाडौँ – स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त भएका छन् । यसअघि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत थिए । 

बंगलादेशका प्रमुख एमएनसी र स्थानीय बैंकहरूमा १५ वर्षभन्दा लामो अनुभव रहेका उनी बजेटिङ र योजना विज्ञ रहेको बैंकको भनाइ छ ।


बीआरएसी बैंक लिमिटेड ढाकामा बिजनेश प्लानिङ एन्ड एनालाइसिसको प्रमुख (वरिष्ठ उपाध्यक्ष)का रूपमा समेत उनको अनुभव रहेको बताइएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक, बंगलादेशमा उनी सन् २०१० देखि २०१६ सम्म वरिष्ठ व्यवस्थापक (फाइनान्स म्यानेजमेन्ट)को जिम्मेवारीमा समेत थिए ।

बंगलादेशको ढाका विश्वविद्यालयबाट एमबीए पूरा गरेका उनी सिए समेत रहेको बताइएको छ ।


Author

थप समाचार
x