बैंक-वित्त

एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग

इकागज |
भदौ २२, २०८० शुक्रबार १७:१३ बजे

काठमाडाैँ– एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत विभिन्न परोपकारी कार्यहरू गर्दै आइरहेको छ ।

बैंकले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।


यस पटक बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम गोरखालाई पाँच लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबर को चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको यस सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रूपमा अति कमजोर सडक आश्रित मानिसहरूको उद्धार, उपचार  र पालनपोषणमा थप टेवा पुग्ने कुरा उल्लेख गरे ।

आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामाले एभरेष्ट बैंकको उक्त सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानिसहरूले अझ सुलभ सेवा लाभ लिन सक्ने कुरा उल्लेख गरिन् ।

कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दिप खत्री र आश्रमका संयोजक ईश्वर काजी मास्केको समेत उपस्थिति थियो । 

बैंकले हाल नेपालभर रहेको आफ्नो १२७ शाखा कार्यालय, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिग सुविधा प्रदान गर्दै आएको छ ।


Author

थप समाचार
x