बैंक-वित्त

कुमारी बैंकका पाँच नयाँ शाखा विस्तार

इकागज |
असोज १२, २०८० शुक्रबार १६:५५ बजे

काठमाडौँ– कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाण्डौं जिल्लाको कपन, सितापाइला  र डल्लु  तथा ललितपुर जिल्लाको भैसेँपाटी र टौखेल समेत गरी पाँच स्थानमा  आजदेखि शाखाहरू सञ्चालनमा ल्याएकोे छ । 

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु/\याउने उद्देश्यले उक्त शाखाहरू विस्तार गरेको हो ।


बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आगामी दिनहरूमा अझै सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
 


Author

थप समाचार
x