बैंक-वित्त

सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य

इकागज |
असोज १६, २०८० मंगलबार १७:१ बजे

काठमाडौँ – नेपालीहरूको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि दराजसंग ‘दशैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । 

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।


साथै ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् एकहजार ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्न सकिने  कम्पनीले जनाएको छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिने र छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्ने बताइएकाे छ । 

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी (इएमआइ) सुविधा पनि प्राप्त गर्न सकिने छ । यो योजना २०८० आश्विन १७ देखि २०८० आश्विन ३० गतेसम्म १४ दिनका लागि लागू हुनेछ ।


Author

थप समाचार
x