बैंक-वित्त

नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

इकागज |
असोज २३, २०८० मंगलबार १२:७ बजे

काठमाडौं । नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २०८० आश्विन २१ गतेदेखि लागु हुने गरी चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । 

दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंक लिमिटेडको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत रहेका थिए । आफ्नो बैंकिङ करियर २०६२ सालमा नेपाल बैक लिमिटेडबाट सुरु गरेका उनले १५ वर्ष लामो समय नेपाल बंगलादेश बैंकमा सेवा प्रदान गरेका थिए । नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्ति पश्चात् उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए । 


व्यवसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्व सदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् । वित्तीय क्षेत्र र पुँजी बजारमा विशेष दक्खल राख्ने उनको नेतृत्वमा नबिल सेक्यूरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ । 
 


Author

थप समाचार
x