बैंक-वित्त

आजको विदेशी मुद्राको विनिमय दर, कुबेती दिनार ४२९ रुपैयाँ

इकागज |
असोज २४, २०८० बुधबार ६:४४ बजे

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  


नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ८१ पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ०० पैसा र बिक्री दर १६३ रुपैयाँ ७३ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.१८  रुपैयाँ र बिक्री दर ८५.५७ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसामा काराेबार हुनेछ । 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसामा काराेबार हुँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९१ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२२ रुपैयाँमा काराेबार गरिनेछ । 

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.८५ पैसा र बिक्रीदर ४३१.७९ पैसामा काराेबार हुनेछ ।


Author

थप समाचार
x