बैंक-वित्त

एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न

बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

इकागज |
असोज ३०, २०८० मंगलबार १६:५१ बजे

काठमाडाैँ– एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा यही मंगलबार सम्पन्न भएको छ ।

साधारण–सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष ( आ.ब) २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँड फाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ । 


साधारण सभाले सेयरधनीहरूलाई आ.ब २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

बैंकले प्रस्तावित बोनस सेयर वितरण भए पश्चात् हालको जारी र चुक्ता पुँजी वृद्धि हुने भएकोले जारी र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । 

बैंकको साधारण सभाले आ.ब २०८०/८१ को लागि श्री एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ । 
 


Author

थप समाचार
x