बैंक-वित्त

राष्ट्र बैंकमा पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

इकागज |
मंसिर १८, २०८० सोमबार १९:३ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकका पाँच जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ । सोमबार गभर्नर महाप्रसाद अधिकारीले विभागीय प्रमुख (कार्यकारी निर्देशक) को जिम्मेवारी हेरफेर गरेका हुन् । 

राष्ट्र बैंकको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका डा. गुणाकर भट्टलाई भुक्तानी प्रणाली विभागको जिम्मा दिइएको छ ।


राष्ट्र बैंकमा प्रभावशाली मानिने नियमन विभागमा भुक्तानी प्रणाली विभागका गुरुप्रसाद पौडेलको सरुवा भएको छ । वित्त व्यवस्थापन विभागमा रहेका मुकुन्द क्षेत्रीको जनशक्ति व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

विदेशी विनिमय व्यवस्थापन विभागको प्रमुख रहेका रामु पौडेललाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ । विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी तुलसी घिमिरेलाई दिइएको छ ।

आगामी आइतबारदेखि लागु हुने गरी गभर्नर अधिकारीले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।


Author

थप समाचार
x