बैंक-वित्त

गाडी, व्यक्तिगत र बीमा कर्जा नतिर्दा वृन्दावन नगरपालिकाका मेयर कुर्मी कालो सूचीमा

इकागज |
पुस १०, २०८० मंगलबार १३:३७ बजे

काठमाडौँ- वृन्दावन नगरपालिका मेयर विनोद प्रसाद कुर्मी बैंकको कालो सूचीमा परेका छन् । रौतहटको चन्द्रनिगाहपुर कामना विकास बैंकको शाखा कार्यालयबाट विभिन्न समयमा उनले ऋण लिएका थिए ।

मेयर कुर्मीले समयमा ऋण नतिरेकाले कामना विकास बैँकको सिफारिसमा राष्ट्र बैँकको कर्जा सूचना केन्द्रले कालो सूचीमा राखिएको बैँकले जनाएको छ ।


उनले व्यक्तिगत कर्जा सन २०२० डिसेम्बर २ मा लिएका थिए । सवारी कर्जा सन् २०१९ डिसेम्बर २५ मा र सवारी कर्जा बीमा सन् २०२१ डिसेम्बर ५ मा ऋण लिएका थिए ।

बैँकका अनुसार कुर्मीले व्यक्तिगत कर्जास्वरुप ७० लाख १ हजार,  सवारी कर्जा ३२ लाख ३५ हजार र बीमा कर्जा ५४ हजार ८०५ रूपैयाँ लिएका हुन् ।

समयमा ऋण भुक्तानी गर्न र सम्पर्क गर्दा पनि मेयरले उल्टै थर्काउने र बेवास्ता गर्ने गरेको बैँकका एक कर्मचारीले बताए ।

बैँकका अनुसार कुल रकम ८५ लाख १९ हजार ६१० रूपैयाँ तिर्न रहेको छ ।

त्यसै गरी मेयर कुर्मीलाई कालोसूचीबारे सोध्न खोज्दा फोन सम्पर्क भए पनि कुराकानी हुन सकेन  । उनी गत स्थानीय निर्वाचनमा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए ।

 

 

 

 

 


Author

थप समाचार
x