बैंक-वित्त

सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसमा विभिन्न कार्यक्रम आयोजना

इकागज |
बैशाख ११, २०८१ मंगलबार ९:१ बजे

काठमाडौँ- सिद्धार्थ बैंक लिमिटेडले वैशाख १० गते पृथ्वी दिवस २०२४ को अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने र वातावरणीय समस्याहरूको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरूका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको छ ।

बैंकले यस दिवसको अवसरमा सरसफाई र चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरू आयोजना गरेको थियो ।


बैंकले सरसफाई कार्यक्रम अन्तर्गत देशको सातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानहरूमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

साथै बैंकले बालबालिकाहरूलाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीहरूबारे सचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा ‘‘Planet vs Plastic’ मा चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो । 

यस्ता कार्यक्रमहरूले पृथ्वीमा दिनानुदिन बढ्दै गएको प्लास्टिकको प्रयोगका साथै प्रदूषणबाट पर्ने नकारात्मक असरको बारेमा जनचेतना फैलाइ जनमानसमा वातावरण स्वच्छ र सफा राख्न समेत प्रेरित गर्नेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।


Author

थप समाचार
x