बैंक-वित्त

नेपाल लाइफ क्यापिटल लिमिटेडको सिईयोमा मनिष घिमिरे

इकागज |
जेठ ६, २०८१ आइतबार ११:३६ बजे

 

काठमाडौं - नेपाल लाइफ क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईयो) मा मनिष घिमिरे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले घिमिरेलाई चार वर्षको लागि नियुक्त गरेको हो।


घिमिरेले नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि एनआईसी एशिया क्यापिटल लिमिटेडमा करिब ६ वर्ष काम गरे । जहाँ उनले विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू सफलतापूर्वक सञ्चालन गरे ।

यसबाहेक उनीसँग सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा ४ वर्षभन्दा बढी काम गरेको अनुभव छ । घिमिरेले काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) बाट डिग्री लिएका छन्।


Author

थप समाचार
x