बैंक-वित्त

विराटनगरमा सेवा विस्तार गर्दै लक्ष्मी सनराइज बैंक

इकागज |
जेठ ६, २०८१ आइतबार १८:९ बजे

काठमाडौँ- लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । 

विराटनगर महानगरपालिका वडा न. ७ स्थित हनुमान दास रोडमा रहेका दुई शाखामध्ये एउटा शाखा ५ किलो मिटर उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानान्तर गरिएको हो । स्थानान्तर गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने छन् ।


स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरू प्रदान गर्ने छ ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सनराइज बैंकको स्थान (भद्रपुर लाइन, बिर्तामोड नगरपालिका–४, झापाबाट संयुक्त कारोबार सुरु गरेको छ । त्यसैगरी, चितवन जिल्लास्थित भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट ग्राहकहरूलाई सेवा प्रदान गर्ने छ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५६ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।


Author

थप समाचार
x