बैंक-वित्त

लक्ष्मी सनराइज बैंकले गर्‍यो नेपालगञ्‍जमा सेवा विस्तार

इकागज |
जेठ २०, २०८१ आइतबार १४:५९ बजे

काठमाडौँ - लक्ष्मी सनराइज बैंकले नेपालगञ्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कारकाँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरूले सोही
उपमहानगरपालिकाको वडा न. १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने छन् ।

स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरू प्रदान गर्ने छ । साथै, बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाको वडा न.५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिकाको वडा न. ७, नारायणस्थान ९ साविक सनराइज बैंकको शाखा रहेको स्थानभन्दा ७०० मिटर उत्तरतर्फबाट संयुक्त कारोबार सुरु गरेको छ ।


हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५ ४ शाखा, ३१८ एटिएम, २८ एक्स्टेन्सन काउन्टरर १२८ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।


Author

थप समाचार
x