बैंक-वित्त

सिद्धार्थ बैंकद्वारा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोडको सहयोग

इकागज |
असार ४, २०८१ मंगलबार १६:४८ बजे

काठमाडौँ- सिद्धार्थ बैंक लिमिटेडले बालबालिकाहरूका लागि उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइटस्थित काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोग स्वरुप १ करोड रुपैयाँ प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्रा.डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् ।

बालबालिकाहरू राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरूको स्वास्थ्यमा निर्भर हुने मान्यताको साथ बैंकले यस कल्याणकारी कार्यमा सहभागिता जनाएको हो । यस सहयोगले बाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम् भूमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।


बैंकले दिगो विकास लक्ष्यलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

‘सम्बन्ध सधै भरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले आफ्नो ग्राहक सेवा केन्द्र (सिद्घार्थ केयर– ०१–५९७००२०, [email protected]) मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ ।


Author

थप समाचार
x