बैंक-वित्त

लक्ष्मी सनराइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

इकागज |
असार १३, २०८१ बिहीबार १८:१५ बजे

काठमाडौँ - लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं. २२ स्थित न्युरोडमा रहेका दुई शाखाहरू मध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा नं. १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिनेछ ।

स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यावसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ । हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका बैंकले जनाएकाे छ ।



Author

थप समाचार
x