बैंक-वित्त

लक्ष्मी सनराइज बैंकले ब्रान्ड फिल्म 'बचतको सम्मान र सही लगानी' प्रस्तुत गर्दै

इकागज |
साउन ११, २०८१ शुक्रबार १८:१८ बजे

काठमाडौँ- लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्साएको छ ।

खुत्रुकेदेखि समुन्नतिसम्मको यात्रा


फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ | उनले जम्मा गरेको जस्तै स-साना बचत मिसिएर जलविद्युतजस्ता ठूला परियोजनाहरूमा लगानी भइ कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनि पढ्न पाउँदछ । लक्ष्मी सनराइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्धितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ ।

सफलताको गाथा बुन्दै

बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठूला परियोजना मात्र नभई साना परियोजनाहरूलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरू प्रवाह गर्दछ । यस्ता कर्जाहरूले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरू पनि यस फिल्ममा समेटिएको छ । 

साझा समृद्धिको उत्सव मनाउँदै

यस फिल्म मार्फत बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ-कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरूको प्रवर्द्धनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छ र बचत गर्ने बैंकका ग्राहकहरू नै देशको समृद्धिको सारथि भएको कुरा प्रतीत गराइएको छ ।

तसर्थ, यस फिल्मले बचत तथा बैंकिङलाई साझा समृद्धितर्फको यात्राको रूपमा पुन: परिभाषित गर्ने लक्ष्मी सनराइजको प्रतिबद्धतामा सहभागी हुन सबैलाई प्रेरित गर्दछ ।


Author

थप समाचार
x