ब्रान्‍ड

एसएमटेक टेक्‍नोलोजीको एक दशकमै सफ्टवेयर, पोइन्ट अफ सेल, बार कोडिङ, सेक्युरिटी आइडी कार्डमा सेवा विस्तार

इकागज |
असार १३, २०७९ सोमबार १६:३९ बजे

काठमाडौँ- एसएमटेक टेक्‍नोलोजी प्रालिले नेपालमा आईटी सिस्टम इन्टिग्रेटर, पोइन्ट अफ सेल, बार कोडिङ, सेक्युरिटी आइडी कार्ड जस्ता प्रविधि निर्माणमा सहयोग गर्ने भएको छ ।

ललितपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीले निजी तथा सरकारी कार्यालयका लागि उपयोग हुने सफ्टवेयर तथा प्रविधिको विकास गरेको जानकारी दिएको हो ।


साउन १ गतेदेखि ५ करोड रुपैयाँभन्दा माथिको वस्तु तथा सेवा कारोबार गर्नेले अनिवार्य रुपमा विद्युतीय माध्यमबाट बिल बिजक जारी गर्नुपर्ने व्यवस्थालाई कम्पीनले तयार पारेको सफ्टवेयरले सहयोग गर्ने कम्पनीका निर्देशक सुरेश पाण्डेले जानकारी दिए ।

कम्पनीले तयार पारेको बिलिङ सफ्टवेयर साना तथा ठूला व्यवसायीहरूले सहजै प्रयोग गर्न सक्ने पाण्डेले बताए । 'विशेषगरी होटल र सुपरमार्केटले यस्ता सफ्टवेयर प्रयोग गर्न सक्छन्,' उनले भने,' सुपरमार्केटमा भएका सामग्रीको निर्माण मिति र भएका सामग्रीको सम्पूर्ण जानकारी राख्‍न सकिन्छ ।'

सन् २०१३ गते सूचना प्रविधि तथा सफ्टवेयर विकासमा काम गर्दै आएका कम्पनीको सफ्टवेयर एक हजार बढीले प्रयोग गरिसकेका छन् । काठमाडौँ उपत्यकामा मात्र चार सय बढी व्यवसायीले सफ्टवेयरको प्रयोग गरेका छन् ।

व्यवसायीले आफ्नो व्यवसायको आकार हेरेर सफ्टवेयर माग गर्ने गरेको उनले बताए । '२० हजार देखि १ लाख मूल्यसम्मको सफ्टवेयर कम्पनीसँग छ,' उनले भने ।

व्यवसायीले आफ्नो व्यवसायअनुसार उपयुक्त सफ्टवेयर राख्न सक्नेछन् । जसबापत स्मार्ट मिसन टेक्नोलोजीलाई वार्षिक एक मुष्ट वा मासिक रकम भुक्तानी गर्नुपर्नेछ । कम्पनीले सडकका फुटपाथदेखि ठूला व्यापार व्यवसायका लागि प्रयोग गर्न मिल्ने सफ्टवेयर बनाइरहेको छ ।

पाण्डेका अनुसार विद्युतीय बिल बिजकको प्रयोगले व्यापार व्यवसायमा सहयोग पुग्छ । व्यापारीले कुन सामग्री कतिमा किन्ने, के बढी बिक्री भयो, कुनमा बढी नाफा भयो सजिलै सफ्टवेयरले देखाउने र यसले व्यापारमा सजिलो र समयको बचत गराउने उनको भनाइ छ । निजी क्षेत्रका व्यवसायीले यसबाट बढी लाभ लिन सक्ने उनले प्रस्ट पारे ।

'जसरी हामीले हातले लेखेर क्यालकुलेटरमा थिचेर हिसाब गरिरहेका छौं त्यसलाई नै कम्प्युटर फर्ममा लैजादा छिटो छरितो हुन्छ,' उनले थपे, 'त्यो गर्दाको फाइदा भनेको नाफा नोक्सान सही निस्कन्छ र रकेर्ड बस्छ । यो अबको आवश्यकता रहेकाले सबै मिलेर व्यवसाय र कारोबारलाई प्रविधिमैत्री बनाउनुपर्छ।'

एक दशकदेखि सफ्टवेयरको विकासमा काम गरिरहेको कम्पनीले साना-ठूला व्यापार व्यवसायमा सघाउने गरी सफ्टवेयर बनाइरहेको छ । सरकारले विद्युतीय माध्यमबाट बिज बिजक अनिवार्य लागु गर्ने भएसँगै व्यापारीहरूलाई नेपाली कम्पनीका सफ्टवेयर प्रयोग गर्न उनको अनुरोध छ।  

आन्तरिक राजस्व विभागले जेठ २० गते सूचना जारी गर्दै आर्थिक वर्ष २०७७/०७८ वा २०७८/०७९ मा जुनसुकै वस्तु तथा सेवा बिक्रीबाट १० करोडभन्दा बढी रकमको कारोबार गर्नेलाई विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था गरेको छ । 

 


Author

थप समाचार
x