ब्रान्‍ड

आजदेखि 'टाइटन'ले थप्यो अर्को शोरुम जावलाखेलमा

इकागज |
फागुन १, २०७९ सोमबार १६:४९ बजे

काठमाडौँ- ‘टाइटन’ घडीले ललितपुरस्थित जावलाखेलमा नयाँ शोरुम सुरु सञ्चालनमा ल्याएको छ । सोमबार कम्पनीका रिजनल डाइरेक्टर जोसेफ प्रिन्सले जावलाखेलमा शोरुमको उद्‍घाटन गरेका हुन् ।

यसअघि टाइटनले दरबार मार्गमा आफ्नो शोरुम सञ्चानमा ल्याइ सकेको छ । कम्पनीले उचित मूल्यमा आफ्ना ग्राहकलाई घडी उपलब्ध गराउने भएको छ । जावलाखेलस्थित शोरुममा ३ हजारदेखि माथि लाखौँ रुपैयाँको घडी पाइने टाइटनले जनाएको छ ।


रिजनल डाइरेक्टर प्रिन्सले नेपाली ग्राहकहरू कम्पनीको हृदयमा सधैं बस्न सफल भएको बताए । उनले भने, 'कम्पनीले उत्पादन गर्ने उच्च स्तरीय खालको घडी नेपालमा पाइन्छ । हामीले राम्रो समयमा सुपथ मूल्यमा आफ्नो ग्राहकलाई घडी दिनेछौँ । काठमाडौँ र मुलुकका विभिन्न स्थानमा सहजै पाउने वातावरण बनाउँदैछौँ ।'

करिब दुई दशकदेखि नेपालमा टाइटनको घडी पाइने गरेको छ । नेपालले टाइटनलाई विश्वास गरेर आफ्नो ब्राण्डलाई विस्तार गरेको हो । सन् १९८४ यो कम्पनी स्थापना भएको हो । कम्पनीले बर्सेनि १५ लाख बढी घडी उत्पादन गर्ने गरेको छ । ३२ मुलुकमा गरेर २० करोड ग्राहक रहेको कम्पनीले प्रस्ट पारेको छ । 


Author

थप समाचार
x