ब्रान्‍ड

‘शिवमसँग उपहार टन्न’ उपहार विजेताका नाम सार्वजनिक

इकागज |
फागुन १, २०७९ सोमबार १९:५० बजे

काठमाडौँ- शिवम सिमेन्टले ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको दोस्रो चरणको विजेताको नाम सार्वजनिक गरेको छ । मासिक ‘लक्की ड्र’ मार्फत तीस जना उपभोक्ता र ४० विक्रेताको नाम सार्वजनिक गरेको हो ।

गत पुस २६ गते लक्की ड्र मार्फत पहिलो महिनाको भाग्यशालीहरूको छनौट गरिएको थियो । लक्की ड्र मार्फत ६० जना ग्राहक र ८० जना विक्रेताले उपहार पाइसकेका छन् ।


‘स्योर सर्ट’ पुरस्कार अन्तर्गत १ लाख ५० हजार बढीले सुनचाँदी तथा नगद पाइसकेका छन् । मङ्सिर १८ गते देखि 'शिवमसँग उपहार टन्न' नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो । जस अन्तर्गत प्रत्येक २० बोरा शिवम्​ सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरि रु. २ सय देखि रु ५ सय  सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री  पक्का उपहार राखिएको थियो ।

कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाईएको थियो । यस योजनामा छोटो समयमै ग्राहक महानुभावहरू कोउल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।

आज सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली जोडी बाग्मती– पोखरा क्षेत्रबाट विकास कोईराला र उपत्यका बाहिरबाट राम प्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन । दोस्रो पुरस्कार अन्तर्गत दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनक कुमार झा सहित ४ जोडी विजेतालेहेलिटुर पुरस्कार वापत जितेका छन । तेस्रो पुरस्कार अन्र्तगत फेवा कन्ष्ट्रक्शन, दिपेन्द्र कुमार झा, केशव कुमार, शर्मिला के.सी, नितु मानन्धर तथा थप एकजना सहित ६ जनाले आधा– आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् । चौथो पुरस्कार वापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन ।

त्यस्तै आज सम्पन्न लक्की–ड्र कार्यक्रममा पहिलो लक्की–ड्र मार्फत उपहार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथा वितरकहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो ।


Author

थप समाचार
x