ब्रान्‍ड

मरीन ब्लु रंगको टिभिएस एनटर्क आरटि–एफआइ १२५ रेस एडिसन पोखरामा सार्वजनिक

इकागज |
बैशाख १८, २०८० सोमबार १४:२ बजे

काठमाडौं- टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आज टिभिएस एनटर्क १२५ रेस एडिसन ‘मरीन ब्लू’ रंगमा सार्वजनिक गरेको छ । टिभिएसद्धारा पोखरामा आयोजित ‘निर्भयाज वुमन इन कन्र्सट’मा उक्त स्कुटरको लन्च गरिएको हो ।

टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउने बताइएको छ । कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनले निश्चय नै राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउँने विश्वास लिइएको छ ।


कन्सर्टमा फ्लेम ब्यान्डबाट मेघा श्रेष्ठ, द ड्रिमर्जको साथै ख्यातिप्राप्त सांगितिक समुह अभया एन्ड द स्टिम एन्जन्स लगायतको प्रस्तुति रहेको थियो । उक्त स्टेजमै स्कुटर अनवरण गरिएको थियो भने पछि सोरूममा पनि स्कुटर लन्च गरिएको थियो । 
दर्शकहरूको उत्साहजनक प्रतिक्रिया प्राप्त गर्न सफल उक्त स्कुटरको आगमनले टिभिएस्को स्कुटर लाइन अपमा युवा जोश र भाईटालिटी थपिएको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने,‘नेपालमा TVS NTORQ RT–Fi 125 Race Edition–Marine Blue मा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । स्मार्ट स्कूटर RT–Fi को समावेश एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । यो प्रक्षेपणको साथ हामी हाम्रा युवा ग्राहकहरूका लागि बेस्ट अनुभव सिर्जना गर्न प्रतिवद्ध छौँ ।’

लन्चको बारेमा बोल्दै कार्यकारी निर्देशक अखिल गुप्ताले भने, TVS NTORQ RT–Fi 125ले हाम्रा युवावर्गको लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई पुनः परिभाषित गरेको छ । नेपालमा सबैभन्दा लोकप्रिय स्कुटर ब्रान्ड TVS NTORQ RT–Fi 125 Raceएडिसन को Marine Blue स्कुटर RT–Fi प्लेटफर्मले सुसज्जित छ । उत्कृष्ट प्रदर्शन, राम्रो वास्तविक थ्रोटल अनुभवले हाम्रा युवा ग्राहकहरूलाई पक्कै खुसी पार्नेछ ।’
मरीन ब्लू कलरमा उपलब्ध नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको मुल्य दुई लाख उनानसय हजार नौ सय रहेको छ ।


Author

थप समाचार
x