ब्रान्‍ड

सानिमा बैंकको दराजसँग ‘ दराज मन्थ्ली पे डे योजना’ का लागि सहकार्य

इकागज |
भदौ ६, २०८० बुधबार १८:१७ बजे

काठमाडाैँ – सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज मन्थ्ली पे डे योजना’ अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ । 

ग्राहकहरूले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रिम भुक्तानी गर्दा भाद्र २०८० देखि साउन २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् । 


ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ७५० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

छुट प्राप्त गर्न ग्राहकहरूले दराज एपमा भाउचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी ( इएमआई) सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । उक्त छुट प्राप्त गर्न ग्राहकहरूले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ । 


 


Author

थप समाचार
x