ब्रान्‍ड

एलजी फ्ल्यागसिप शोरुम पुनः शुभारम्भ

इकागज |
असोज ३, २०८० बुधबार १७:२१ बजे

काठमाडौँ– चौधरी ग्रुप अन्तर्गत मीनभवनमा रहेको एल.जी ब्रान्डको आफ्नै शोरुम विश्वस्तरीय अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ ।

नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस सोरुममा एलजीब्राण्डका घरायसी विद्युतिय सामग्रीहरू जस्तै एलइडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिस वासर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायत अरु थुप्रै सामग्रीहरू उपलब्ध छन् ।


राजधानीको मुख्य व्यापारिक केन्द्र मीनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस शोरुम २००५ मा स्थापित एल.जी ब्रान्डको पहिलो शोरुम हो ।

ग्राहकहरूले दक्ष र अनुभवी ग्राहक प्रतिनिधिहरूबाट यहाँ भएका विद्युतिय सामग्रीहरूबारे जानकारी पनि लिन सक्नेछन् ।

यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७:३० बजेसम्म खुल्ला रहनेछ । ग्राहक वर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नं. ०१–४१०६५३०/४१०६६५२ मा सम्पर्क गर्न सक्नेछन् ।

यस एल.जी शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, ०५ किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ ।

साथै, प्रोडक्ट लाइभ डेमो, कुकिङ क्लास र प्रिभेन्टिभ मेन्टिनेन्स सर्भिस (पीएमएस) को पनि व्यवस्था गरिएको छ ।


Author

थप समाचार
x