ब्रान्‍ड

एशियन पेन्ट्सले काठमाडौँमा सुरु गर्यो अल्ट्रा लक्जरी होम डेकोर शोरुम

इकागज |
असोज ३, २०८० बुधबार १७:३३ बजे

काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो पेन्ट तथा डेकोर कम्पनी एशियन पेन्ट्स नेपालले गठ्ठाघर, काठमाडौँमा रहेको अपूर्व इन्टरनेशनल प्रालिमा आफ्नो मल्टी क्याटेगाेरी  डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’ सञ्चालनमा ल्याएको छ ।

‘एशियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ ग्राहकहरूलाई अत्याधुनिक प्राविधिकीय एकीकरणका साथ उत्कृष्ट किनमेलको अनुभव प्रदान गर्न तयार रहेको छ, जुन प्रविधिले ग्राहकहरूलाई उनीहरूको सपनाको घर निर्माण गर्न डिजाइन, परामर्श र कार्यान्वयनको बारेमा विस्तृत अनुभव प्रदान गर्नेछ ।


यो स्टोरको उद्घाटन एशियन पेन्ट्स लि.का प्रबन्ध निर्देशक तथा सिइओ अमित सिंगलले गरेका थिए ।

१६०० वर्ग फिटमा फैलिएको यो नवीन ‘एशियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ नेपाली ग्राहकहरूका लागि आवश्यक पर्ने सम्पूर्ण डेकोरहरू एकै ठाउँमा उपलब्ध भएको शोरुम हो ।

यो शोरुममा फेब्रिक्स र वाल पेपरहरूदेखि सर्वश्रेष्ठ इन्जिनियरिङ्गका बाथरुम फिटिङहरू र स्यानेटरी सामग्रीहरू, नवीनतम् पेन्ट र वाटरप्रुफिङ उत्पादनहरू, एवं अग्रगामी प्रविधिहरूको व्यवस्थापन छ जसबाट ग्राहकहरूले यी प्रोडक्टहरूको अनुभव लिन सक्नेछन् ।

उद्‍घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै अमित सिंगलले भने,  'नेपाल तीव्र गतिमा बढ्दो बजार हो, जहाँ ग्राहकहरूले लक्जरी होम डेकोर उत्पादनहरू, विधिहरू र प्रोत्साहन खोजिरहेका छन् र ग्राहकहरूको यो बढ्दो चाहनालाई सम्बोधन गर्न हामीले ग्राहकहरूको भावना र तिनको घरहरूसंगको गहिरो सम्बन्धलाई सम्मान गर्दै एउटै छानामुनि सबै प्रकारका होम डेकोर सामानहरू उपलब्ध गराउने चेष्टा गरेका छौं ।'


Author

थप समाचार
x