ब्रान्‍ड

वाई२७एस सार्वजनिक गर्ने तयारीमा भिभो

इकागज |
मंसिर १७, २०८० आइतबार १६:३८ बजे

काठमाडौँ- टेक्नोलोजी ब्रान्ड भिभोले आफ्नो वाई सिरिज अन्तर्गत बहुप्रतिक्षित स्मार्टफोन वाई२७एस सार्वजनिक गर्ने तयारी गरेको छ । खबरको अनुसार वाई२७एस आकर्षक विशेषताहरूको साथ आउने अपेक्षा गरिएको छ ।

भिभो डिजाइनमा नयाँ मापदण्ड कायम गर्दै उत्कृष्ट पर्फमेन्श भएका स्मार्टफोनहरू प्रदान गर्नका लागि परिचित छ । वाई२७एस मा पनि सोही नवीनताले निरन्तरता पाउने अनुमान गरिएको छ । यसमा उच्च स्तरीय प्रदर्शन गर्ने स्मार्टफोन अनुभवको लागि शक्तिशाली क्षमता तथा आकर्षक डिजाइनको संयोजन रहनेछ ।


भिभो वाई२७एस दुई रोचक कलर भेरियन्ट –बरगन्डी ब्ल्याक र गार्डेन ग्रीनमा लन्च गर्ने अपेक्षा गरिएको छ ।

यो स्मार्टफोनले ब्रह्माण्डीय रातको आकाशीय महिमा जगाउने सुन्दर फिनिश प्रदान गर्ने भनिएको छ । अर्कोतर्फ, गार्डेन ग्रीन भेरियन्टले यसको सतहलाई सजाउने एक शानदार डाइमण्ड बनावटको अपेक्षा गरिएको छ, जसले उपकरणको उत्कृष्ट सिल्हूटलाई परिष्कृतताको नयाँ उचाइहरूमा लग्नेछ ।

विवरणमा ध्यान दिँदा स्मार्टफोन सुन्दर, परिष्कृत र आकर्षक डिजाइनमा आउने संकेत गर्ने कम्पनीको भनाइ छ । पहिले नै उच्च प्रत्याशित विशेषताहरूलाई विस्तृतमा कुरा गर्दा वाई२७एस आकर्षक सुविधाहरूको साथ एक प्रभावशालि स्मार्टफोन हुनेछ । यसले अतुलनीय चार्जिङ गति प्रदान गर्ने वाचा गर्दै ४४ वाट फ्ल्यासचार्जको साथ आउने अपेक्षा गरिएको छ ।

साथै यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्री हुन सक्ने अनुमान पनि गरिएको छ जसले प्रयोगकर्ताहरूलाई दिनभर लाई पुग्ने पर्याप्त पावर सुनिश्चित गर्छ । यदि यी अनुमानहरू सही भयो भने यो उपकरण एक सुन्दर पावरहाउस हुन सक्छ जसले अत्याधुनिक प्रविधिको साथ अद्वितीय प्रयोगकर्ता अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

भिभोको वाई सिरिजका स्मार्टफोनहरूले असाधारण कार्यक्षमता र अत्याधुनिक सुविधाहरूले गर्दा अत्यधिक लोकप्रियता हासिल गरिरहेको छ । प्रयोगकर्ताहरूलाई निर्बाध अनुभवहरू र अतुलनीय विश्वसनीयता प्रदान गर्न ब्रान्डले निरन्तर पर्फमेन्शमा नवीनता प्रदान गर्दै आइरहेको छ । 


Author

थप समाचार
x