ब्रान्‍ड

अनरको नयाँ फ्ल्यागशिप फोन नेपाल आउँदै

इकागज |
जेठ ६, २०८१ आइतबार १३:२५ बजे

काठमाडौं । नेपाली बजारमा अनरको नयाँ फ्ल्यागशिप फोन आउने भएको छ । अनरको नेपालस्थित आधिकारिक बिक्रेता सेलट्रोन नेपालले चाँडै नै शक्तिशाली जुम क्यामेरा भएको ‘अनर म्याजिक सिक्स प्रो’ ल्याउन लागेको हो ।

यस फोनमा एआई सञ्चालित फाल्कन क्यामेरा प्रणाली, अनर नानोक्रिस्टल शिल्ड डिस्प्ले, स्न्यापड्रागन ८ जेन थ्री प्रोसेसर, छिटो चार्ज हुने ठूलो ब्याट्री लगायतका विशेषता छन् ।


यसले स्मार्टफोन उद्योगमा पहिलो पटक पाँच वटा डीएक्सओ मार्क (DXOMARK) गोल्ड लेबल प्राप्त गरेको कम्पनीको भनाइ छ । म्याजिक ओएस ८ मा आधारित एन्ड्रोइड १४ मा चल्ने फोनमा १२० हर्ज रिफ्रेस रेट र डल्बी भिजन सहितको ६.८० इन्च ओलेड डिस्प्ले छ ।

मुख्य सेन्सर र अल्ट्रावाइड ५० ५० मेगापिक्सेल रहेको फोनमा १८० मेगापिक्सेलको टेलिफोटो क्यामेरा​ (पेरिस्कोप लेन्स) छ, जसमा २.५ एक्स अप्टिकल जुम र १०० एक्स डिजिटल जुम क्षमता हुने कम्पनीले जनाएको छ । सेल्फी पारखीका लागि थ्रीडी डेप्थ क्यामेरा सहित ५० मेगापिक्सेलको सेन्सर छ ।

यसमा ५६०० एमएएच क्षमताको ठूलाे ब्याट्री छ, जसका लागि कम्पनीले ८० वाटको वायर्ड फास्ट चार्जर र ६६ वाटको वायरलेस चार्जर उपलब्ध गराउने छ ।

नेपाली बजारमा यो फोनको मूल्य र उपलब्धता औपचारिक रूपमा घोषणा गरिएको छैन । फोनको प्रि-बुकिङ २१ मेदेखि सुरु हुने चर्चा छ ।

ग्राहकले १२ंं जीबी र्‍याम तथा ५१२ जीबी स्टाेरेज भेरियन्टमा यो फोन किन्न सक्नेछन्, जसमा थप ८ जीबी अनर र्‍याम टर्बो पनि पाइनेछ । नेपाली बजारमा यो फोनको मूल्य करिब एक लाख ६० हजार रुपैयाँ हुने अनुमान छ ।


Author

थप समाचार
x