ब्रान्‍ड

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिट्यान्स कारोबार सुरु

इकागज |
असार ६, २०८१ बिहीबार १३:३७ बजे

फाइल फोटो

काठमाडौँ - युएईको ख्यातिप्राप्त  अल् जजिरा एक्सचेन्ज  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ । 

युएईमा रहेका नेपालीहरूले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिन्छ । 


यस सम्झौताका आधारमा  युएईमा वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहज र गुणस्तरिय विप्रेषण सेवा प्रदान हुने विश्वास लिन सकिन्छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुक्तानी सुचारु गरेको छ । अल् जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेट मार्फत प्रोमो कोड  CITY 100   प्रयोग गरी भुक्तानी लिंदा  रु. १०० सम्म बोनस पाउन सकिन्छ । 


Author

थप समाचार
x