ब्रान्‍ड

मास्टरशेफ शाहको रेसिपीमा टु पिएम भेज र चिकेन मसला करी चाउचाउ बजारमा

इकागज |
साउन ३, २०८१ बिहीबार १७:५७ बजे

काठमाडौँ- साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ ।

कम्पनीले टु पिएम चाउचाउका ब्राण्ड एम्बेस्डर समेत रहेका मास्टरशेफ सन्तोष शाहको रेसिपी अनुसार तयार पारिएको टु पिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको  हो ।


'सही छ' भन्ने नारासहित बजारमा ल्याइएको यस चाउचाउको स्वाद, गुणस्तर र प्याकेजिङ्गजस्ता सबै पक्षहरूमा उत्कृष्ट रहेको कम्पनीले बताएको छ । 

टु पिएम चाउचाउको यी दुई नयाँ भेरिएन्ट विकास गर्नलाई धेरै समय लागेको मास्टरशेफ सन्तोष शाह बताउँछन् । उनले यो रेसिपी निकै स्वादिष्ट भएकाले उपभोक्ताले  रुचाउने विश्वास लिएको बताए ।

नेपाललाई प्रोमोसन गर्न यस कम्पनीले योगदान गरेको उनको भनाइ  छ । 'हामी भित्र्याउँछौँ मात्रै तर पठाउँदैनौँ । तर, यो कम्पनीले चाउचाउलाई ३० भन्दा बढी मुलुकमा पठाइरहेको सुन्न पाउँदा गर्व लागेको छ,' उनले भने ।

केही समयअघि देखि उत्पादन रोकिएको टु पिएम चाउचाउको पुन: उत्पादन तथा बिक्री वितरण सुरु गरेको कम्पनीले जनाएको छ  ।

२०५६ मा स्थापित एसियन थाई फुड्स प्रा. लि. ले २०५७ मा पहिलो चाउचाउ बजारमा ल्याएको थियो ।

विगतका २५ वर्षमा कम्पनीले रमपम, प्रिती  र टु पिएम जस्ता अग्रणी ब्राण्डहरू बजारमा उपलब्ध रहेको छ । 

यसले टु पिएम र रमपम ब्राण्ड अन्तर्गत विभिन्न स्न्याक्सहरू बजारमा ल्याएको छ । अकबरे चिकन चाउचाउ ५० रुपैयाँमै किन्न सकिने कम्पनीले जनाएको छ ।

यससँगै  अकबरे भेज, कोरियन रामेन, किमची भेज, किमची चिकन, नापोलिटाना, सि फुड, चिज मशरुम जस्ता उत्पादनहरू पनि बजारमा रहिरहने कम्पनीले जनाएको छ ।

कम्पनीले स्न्याक्सतर्फ भने प्रिमियम चिज बल्स, अकबरे स्टिक्स, फायर बल्स, स्रिम्प क्रैकर, अनियन रिंग, पञ्जाबी तड्का, फायर क्रैकर, लेमन मिन्ट स्टिक्स, मसला स्टिक्स, पास्ता जस्ता उत्कृष्ट उत्पादनहरू रहेको जानकारी दिएको छ ।

एसियन थाई फुड नेपालमा प्रिमियम श्रेणीका चाउचाउ उत्पादन गर्ने पहिलो कम्पनी हो । कम्पनीले स्थानीय रूपमा उब्जाइएको अकबरे खुर्सानी प्रयोग गरेर टु पिएम अकबरे चाउचाउ उत्पादन गर्दै आएको छ ।

चाउचाउ रुचाइएकाले खुर्सानीको समेत आपूर्ति बढिरहेको भन्दै कम्पनीले यसले स्थानीयलाई आर्थिक रुपमा समेत लाभ मिलेको जनाएको छ । 'किसानलाई अकबरे खुर्सानी खेतीतर्फ आकर्षक बढिरहेको छ,' कम्पनीले भनेको छ  ।

'हामी मास्टरशेफ सन्तोष शाहद्वारा तयारी र सिफारिस गरिएका नयाँ टु पिएम चिकन मसला र भेज मसला करी नूडल्स बजारमा ल्याउन पाउँदा निकै  उत्साहित छौं,' कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले भने ।

मास्टरशेफ शाहले आफ्नो वर्षौंको अनुभवलाई प्रयोग गरेर यो प्रामाणिक र स्वादिष्ट टु पिएम चाउचाउ बनाएको जाजुले बताए ।

६० ग्रामको प्याकेज २० रुपैयाँमा उपलब्ध हुने यस चाउचाउले उपभोक्तालाई  'आहा क्या मिठो' भन्न बाध्य पार्ने जाजु बताउँछन् ।

कम्पनीले विगतका केही वर्षमा अन्तर्राष्ट्रिय बजारमा चाउचाउको निर्यात समेत बढाउँदै लगेको छ ।

भारत, मध्य पूर्व, टर्की, अफ्रिका जस्ता मुलुकमा आयोजित विश्वका विभिन्न मुलुकमा चाउचाउहरू निर्यात गरि विश्वव्यापी उपभोक्ताहरूसम्म पुर्याइएको उनले बताए ।

२७ भन्दा बढी देशहरूमा निर्यात गर्दै नेपालबाट चाउचाउ  र स्न्याक्सका सबैभन्दा ठूला निर्यातकर्ताहरूमा कम्पनी पर्ने उनको दाबी छ ।


Author

थप समाचार
x