ब्रान्‍ड

कामना सेवा राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

इकागज |
साउन ६, २०८१ आइतबार १३:४४ बजे

काठमाडौँ- कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ वाट सम्मानित भएको छ ।कम्पनीले वित्तीय सेवा क्षेत्रतर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको हो । 

नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुसासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । कम्पनीले आफ्नो १७ औं वार्षिक साधारण सभामा पेश गर्नको लागि तयार गरेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालाहरुलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो । 


काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । कम्पनीको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फवाट दक्षिण एशियाली स्तरमा आयोजना हुने साफा विपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ । 

उक्त कम्पनी अन्तरराष्ट्रिय गुणस्तर चिन्ह आईएसओ ९००१ : २०१५ प्राप्त नेपालको पहिलो विकास बैंकसमेत हो । हाल कम्पनीले देशैभरका शाखा सञ्जालहरु मार्फत ग्राहकहरुलाई अत्याधुनिक सेवा सुविधा प्रदान गर्दैै आएको बताएको छ । 


Author

थप समाचार
x