ब्रान्‍ड

कस्तो स्मार्टफोनलाई अलराउण्डर भन्‍ने ?

इकागज |
साउन १७, २०८१ बिहीबार १७:५७ बजे

काठमाडौँ- सुपथ मूल्यका सुविधा सम्पन्न स्मार्टफोनहरू बजारमा फेला पार्न निकै चुनौतीपूर्ण हुन्छ । सामान्यतया, बजारका स्मार्टफोनहरूमा जति धेरै सुविधा भयो त्यति नै मूल्य उच्च हुन्छ । जसले गर्दा आफ्नो खल्ती खाली नगरी आफूले चाहेका सबै सुविधायुक्त फोन किन्न गाह्रो छ ।

अहिलेको आधुनिक युगमा ग्राहकहरू सुपथ मूल्यमा अधिकतम सुविधा भएको स्मार्टफोनहरू खरिद गर्न चाहन्छन् । गेमिङ, फोटोग्राफी र अन्य दैनिक कार्यहरू निर्बाध रूपमा धान्न सक्ने फोनको विकासमा पूरा विश्वका वैज्ञानिकहरू लागेका छन् । आविष्कारको यो दौडमा स्मार्टफोन उद्योगले फड्को मार्दैछ । जसको फलस्वरूप हामीले थप किफायती मूल्यमा सुविधायुक्त स्मार्टफोनहरूको प्रयोग गर्न पाइरहेका छौं । 


के हो त अलराउण्डर स्मार्टफोन भनेको ? 

हेर्दा आकर्षक र राम्रो चल्ने स्मार्टफोन जुन बजारमा सुपथ मूल्यमा सहजै प्राप्त गर्न सकिन्छ त्यस्तो फोनलाई नै अलराउण्डर स्मार्टफोन भन्दा फरक पर्दैन । यी सबै सुविधासहित बजारमा आएको छ रेड्मी १३ । यो स्मार्टफोनमा प्रयोग भएको हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ एमपीको सुपर क्लियर क्यामेरा, ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले , ५०३० एमएचको ब्याट्रीको र ३३ वाटको चार्जर जस्ता अत्याधुनिक प्रविधिहरूले सर्वसाधारणको मन जित्न सफल भएको छ । यो फोन ६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी गरी दुई भेरियन्टमा उपलब्ध छ ।​

रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्छ । यसमा भएको ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले र ९० हर्जसम्मको रिफ्रेस रेटले प्रयोगकर्ताहरूलाई भिडियो हेर्न, गेम खेल्न र सामाजिक संजाल प्रयोग गर्न एकदमै सहजता प्रदान गर्दछ यस फोनको डिस्प्लेले ब्लु लाईट  फिल्टर गर्छ  जसको कारण तपाईंले लामो समयसम्म फोन चलाउँदा नि तपाईंको आँखालाई गारो बनाउँदैन ।

उत्कृष्ट क्यामरा सेटअपसहित रेड्मी १३ बाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ । यसको रियर क्यामेरामा १०८ मेगापिक्सेलको सामसङ आइसोसेल एचएम ६ क्यामेरा समावेश गरिएको छ । यस स्मार्टफोनको ३० एफपिइएसमा १०८० पि एचडी भिडियो मोड र ७२० पि एचडी भिडियो मोडले  भिडियोमा रुची राख्नेहरूका लागि थप मजा प्रदान गर्दछ । 

५,०३० एमएचको ब्याट्रीले प्रयोगकर्ताहरूलाई घरी घरी चार्ज गर्नुपर्ने झन्झटबाट मुक्त राख्छ भने ३३ वाटको चार्जरले चाही फोनलाई थोरै समयमै चार्ज गर्छ । आकर्षक हुनुका साथै टिकाउ पनि भएको रेड्मी १३ ले एक अलराउण्डर स्मार्टफोनको रूपमा बजारमा चर्चा कमाउँदैछ । 

बजार उपलब्धताः   

रेड्मी १३ ६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमा मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओशन ब्लू रंगहरूमा उपलब्ध छन् । 
६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमका मूल्यहरू क्रमशः रु.१८,९९९ रु. २१,९९९ रहेको छ ।


Author

थप समाचार
x