ब्रान्‍ड

अडियोको अनुभवलाई नेक्स लेभलमा पुर्‍याउँदै रेड्मी बड्स ५ ए

इकागज |
भदौ १७, २०८१ सोमबार १३:४४ बजे

काठमाडौँ- अहिले सहज र उत्कृष्ट साउन्ड प्रदान गर्ने उच्च–गुणस्तरका अडियो डिभाइसको माग बढ्दै गएको छ । यात्रामा हुँदा, वर्कवाउट गर्दा वा घरमै बस्दा, सही इयरबड्सले प्रयोगकर्ताको अडियो अनुभवमा ठूलो अन्तर पार्न सक्छ । पछिल्लो समयमा विभिन्न वायरलेस प्रविधिहरुले प्रयोगकर्तालाई आवश्यक अडियो अनुभव, उत्कृष्ट कनेक्टिभिटी र अन्य विशेषताहरू प्रदान गर्दै आएका छन् जसमध्ये रेड्मी बड्स ५ ए पनि निकै चर्चामा छ।

रेड्मी बड्स ५ ए मा एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) उपलब्ध रहेको छ जसले अनावश्यक आवाजलाई रोकी प्रयोगकर्तालाई म्युजिक, पोडकास्ट वा कलमा क्लीयर साउन्ड प्रदान गर्दछ । साथै ट्रान्सपेरेन्सी मोडले प्रयोगकर्तालाई अडियोको मजा लिँदै वरपरको वातावरणको जानकारी राख्ने सुविधा पनि दिन्छ जसले आकर्षक अडियो र सुरक्षाबीच सन्तुलन कायम गर्छ।


गुगल फास्ट पेयरले गर्दा यो इयरबड्स अरु डिभाइसहरुसँग तुरुन्तै कनेक्ट हुन्छ । यसको १२ मिलिमिटरको ब्यास प्रो ड्राइभरले गहिरो र डाइनामिक साउन्ड प्रदान गर्छ भने आइपिएक्स फोर रेटिङले पसिना र पानीका छिटाहरूबाट पनि सुरक्षा दिन्छ । साथै एआई इन्भारोमेन्टल नोइज क्यान्सिलेसनलले कलको समयमा स्पष्टता प्रदान गर्दछ भने यसले लगभग ३० घण्टाको ब्याट्री लाइफ पनि दिन्छ ।


Author

थप समाचार
x