ब्रान्‍ड

दसै लागेसँगै लाजिम्पाटको 'पर्फेक्ट कलेक्सन' ले लुगामा सेल अफर ल्यायो

इकागज |
भदौ ३०, २०८१ आइतबार १२:२३ बजे

काठमाडौँ- दसैँ-तिहारको अवसर पारेर पर्फेक्ट कलेक्सनले सेल अफरमा लुगाहरू बिक्रीमा राखेको छ । लाजिम्पाटस्थित सांग्रिला होटलको विपरीत दिशामा रहेको पसलमा विभिन्न ब्राण्डका लुगाहरू सस्तो मूल्यमा पाउने प्रफेक्ट कलेक्सनले जनाएको छ ।

केलक्सनका अनुसार यो अफर आगामी असोज ५ गतेसम्म रहनेछ । भदौ २९ गतेबाट उक्त सेवा सुचारू भएको हो । पेन्ट, छालाको ज्याकेट र अन्य म्यानस वेयरहूसमेत चाडपर्वको अफरमा राखिएको कलेक्सनका सञ्चालक सबिन केसीले जानकारी दिए ।


उनका अनुसार चाडपर्वलाई लक्षित गरी ग्राहकलाई सहज होस भनेर सेल अफर ल्याइएको हो । 'पसलमा छिर्ने ग्राहकहरू खाली हात जान नपरोस भनेर यो अफर लागू गरिएको हो,' उनले भने ।

चाडपर्व नजिकिएसँगै गर्मी मौसममा ल्याइएका लुगाहरू सेलमा राखिएको उनले बताए । गर्मीयामका सबै लुगाहरूको स्टक सक्नुपर्ने भएकाले सस्तो मूल्यमा ग्राहकलाई खोजेजस्तै उपलब्ध गराइने उनको भनाइ छ ।

उनका अनुसार १५ सयदेखि २ हजारसम्ममा पाइने टि-सर्ट ७ सय रुपैयाँ बिक्री गरिरहेका छौ,’ उनले भने,’ १७ सयदेखि २२ सयसम्मको पूरा बाउलाको सर्ट मात्र ७५० पाइन्छ ।

प्रफेक्ट कलेक्सनका अनुसार १८ सयदेखि २३ सयसम्ममा पाइने ट्राउजर ८५० रुपैयाँ पाइन्छ । छालाको ज्याकेट १६ सयमा पाइने उनले जानकारी दिए । २ हजारदेखि २८ सयसम्म पर्ने कार्गो बक्स पेन्ट ११ सयमा पाइन्छ ।

पसलमा १७ देखि ३२ सय सम्ममा पाइने विभिन्न थरीका वीनस्टीर, जिन्स ज्याकेटहरू १३ सयमा पाइने उनको भनाइ छ । पसलमा धेरै थरीका लुगाहरू पाइने केसीले जानकारी दिए ।

लाजिम्पाटमा उक्त कलेक्सन आठ वर्षदेखि सञ्‍चालनमा रहेको केसीले जानकारी दिए ।

 

 

 

 

 


Author

थप समाचार
x