ब्रान्‍ड

रियलमीको शून्य प्रतिशत ईएमआई अफर

इकागज |
असोज २०, २०८१ आइतबार ९:११ बजे

काठमाडौँ- सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले शून्य प्रतिशत ईएमआई योजना ल्याएको छ । आफ्ना नेपाली ग्राहकहरूलाई सुपथ मूल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ रियलमीले आफ्ना स्मार्टफोनहरूमा विशेष फाइनान्सिङ अफर ल्याएको हो ।

यस अफर अन्तर्गत रियलमीका फोनहरुमा शून्य प्रतिशत ब्याज दरमा १२ महिनासम्मको  ईएमआई उपलब्ध रहेको छ ।


रियलमीको हेड अफ स्ट्राटेजी मुनिश गिरीले भने, “हाम्रो उद्देश्य भनेको आफ्ना ग्राहकहरूमा सुपथ मुल्यमा अत्याधुनिक प्रविधिको पहुँच पुर्‍याउने हो । शून्य ब्याजको यो नयाँ ईएमआई योजनाले हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरका स्मार्टफोनहरू किन्न सजिलो बनाउनेमा हामी ढुक्क छौं । हामीलाई विश्वास छ कि दशैं तथा तिहारको यो माहोलमा यस अफरले अझै रौनक थप्नेछ ।”

यो अफर घटस्थापना देखि नेपालभरका आधिकारिक रियलमी डिलरहरूमा लागु भएको छ । यस अफर अन्तर्गत रियलमीका २० हजार भन्दा माथिका फोनहरुमा ४० प्रतिशत डाउन पेमेन्टमा ०प्रतिशत ब्याज दरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ ।


Author

थप समाचार
x