ब्रान्‍ड

शाओमीले गर्यो नेपालमा तीनवटा नयाँ पावर ब्याङ्क सार्वजनिक

इकागज |
कात्तिक ३०, २०८१ शुक्रबार २१:५० बजे

काठमाडौँ– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्कहरू सार्वजनिक गरेको छ। 

कम्पनीका अनुसार नयाँ उपलब्ध मोडलहरु २२.५ वाटको फास्ट चार्जिङ्ग सहितको शाओमी पावर ब्याङ्क ४ आई १०००० एम.ए.एच, ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क ४ आई २०००० एम.ए.एच र २२.५ वाटको फास्ट चार्जिङ्ग र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्याङ्क १०००० एम.ए.एच रहेका छन्।


लन्चको क्रममा शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भने, ‘हामी आफ्ना ग्राहकहरूको परिवर्तनशील आवश्यकतालाई राम्रोसँग बुझ्छौँ । ग्राहकवर्गले आफ्नो व्यस्त जीवनमा द्रुत र भरपर्दो समाधान खोजिरहेको अवस्थामा हामी उहाँहरूलाई अझ बढी सुविधा, कार्यक्षमता भएको पावर बैँकहरु प्रदान गरी उहाँहरूको डिभाइसमा जुनसुकै समयमा र जहाँसुकै पावर रहिरहोस् भन्ने चाहन्छौँ।’

तिनवटा मोडलमा के छ विशेषता ?

शाओमी पावर ब्याङ्क ४ आई १०००० एम.ए.एच (२२.५ वाट फास्ट चार्ज)

कम्पनीका अनुसार  शाओमी पावर ब्याङ्क ४ आई. १०००० एम.ए.एच. फास्ट पोर्टेबल पावरको आवश्यकता भएका ग्राहकका लागि उपयुक्त हुन्छ। २२.५ वाटको फास्ट चार्जिङ्ग र टाइप सी पोर्टको साथ यस पावर बैँकले स्मार्टफोन, ट्याब्लेटहरू र अन्य ग्याजेटहरू छिटो चार्ज गर्न मद्दत पुर्‍याउँदछ। यो कम्प्याक्ट डिभाइसमा यु.यस.वी–ए र  यू.स.बी–सी पोर्टसहित उपलब्ध छ जसले एकै पटकमा तीनवटा ग्याजेहरूलाई चार्ज गर्न मिल्नेछ। यसलाई चार्ज गर्न लगभग ४ घण्टा लाग्ने छ।

शाओमी पावर ब्याङ्क ४ आई २०००० एम.ए.एच (३३ वाट सोनिक चार्ज)

लामो समयसम्म चार्ज गर्न आवश्यक पर्नेहरूको लागि शाओमी पावर ब्याङ्क ४ आई २०००० एम.ए.एच ३३ वाटको सोनिक चार्ज प्रविधिसहित उपलब्ध रहेको छ। यसमा दुईवटा १०००० एम.ए.एचको लिथियम–आयन ब्याट्री रहेकाे हुँदा यस पावर ब्याङ्कले दिनभरि एकभन्दा धेरै डिभाइसहरुलाई चार्ज गर्न मिल्नेछ। यसलाई चार्ज गर्न लगभग लगभग ७ घण्टा लाग्नेछ।

शाओमी पकेट पावर ब्याङ्क १०००० एम.ए.एच (२२.५ वाटको साथ बिल्ट–इन केबल)

कम्प्याक्ट र शक्तिशाली यो १०००० एम.ए.एच पावर ब्याङ्कले २२.५ वाटसम्मको चार्जिङ्ग लिन सक्छ भने यसले एकै पटकमा तीनवटा डिभाइसहरूलाई चार्ज गर्न सक्छ। यसलाई चार्ज गर्न लगभग ३.५ घण्टा लाग्ने कम्पनीले जनाएकाे छ।

२२.५ वाटको  फास्ट चार्जिङ्गसहितको शाओमी पावर ब्याङ्क ४ आई १०००० एम.ए.एचकाे मूल्य ३ हजार ४९९ रहेकाे छ भने भने ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क ४ आई २०००० एम.ए.एचकाे मूल्य ४ हजार ९९९ रहेकाे छ। त्यसैगरी २२.५ वाटको फास्ट चार्जिङ्ग र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्याङ्क १०००० एम.ए.एचकाे मूल्य ४ हजार २९९ रहेकाे छ।


Author

थप समाचार
x