ब्रान्‍ड

कजारिया टायल्सको 'मैसन मिट २०२४' सम्पन्‍न

इकागज |
मंसिर २५, २०८१ मंगलबार ११:४ बजे

नेपालको सबैभन्दा ठूलो र भारतको नम्बर वान टायल्स, कजारिया टायल्सले ‘मैसन मिट २०२४’ सम्पन्न गरेको छ । काठमाडौँमा आयोजित मिटमा १५० जना बढी राजमिस्त्रीहरु सहभागी रहेका थिए । भारतबाट समेत प्रशिक्षक ल्याई नेपाली प्राविधिकहरूसँग उच्च गुणस्तर र नयाँ प्रविधिको बारेमा गहन छलफल गरिएको हो ।

मैसन मिटमा राजमिस्त्रीहरुलाई निर्माण अभ्यासको बारेमा ज्ञान दिने र ब्रान्ड चेतनाको बारेमा छलफल गर्ने उद्देश्य रहेको थियो । सो मिटमा कजारिया ब्रान्डको गुणस्तर, नयाँ प्रविधि र मूल्यको समेत जानकारी दिइएको थियो । कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञहरुलाई प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरुको निर्माणमा योगदान गरिरहेका निर्माण राजमिस्त्रीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिएको छ ।


अर्थतन्त्रलाई मजबुत बनाउनको लागि राजमिस्त्रीको उल्लेखनीय भूमिका रहेकोले सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तक्र्रिया कार्यप्रति सधैँ सजक रहेको काजरिया रमेश टायल्सले जनाएको छ । काठमाडौँबाट सुरू भएको मैसन मिट छिट्टै नेपाल अधिराज्यभरका कम्तीमा १६ ठाउँमा गरिँदैछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै काजरिया रमेश टायल्सका कन्ट्री हेड प्रवीन सिंहले मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरीय निर्माण सामग्रीको छनोटका साथसाथै दक्ष जनशक्तिको पनि त्यत्तिकै मह¤वपूर्ण भूमिका रहने बताए ।

काजरिया रमेश टायल्स नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा दुई वर्षअघि नवलपरासीमा खुलिएको कम्पनी हो । कजारिया रमेश टायल्स नेपालको एकमात्र ठूलो सिरामिक र भिट्रिफाइड टायल निर्माता कम्पनी हो । गुणस्तर र नवप्रवर्तनमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यका साथ काजरिया रमेश टायल्स विश्वस्तरीय उत्पादनहरू प्रदान गर्न प्रतिबद्ध रहेको छ ।


Author

थप समाचार
x