ब्रान्‍ड

केएनपी नेरोलेकको 'फेस्टिभ स्किम' अन्तर्गत शिव नारायण मण्डलले जिते ५ लाखको सुन

इकागज |
माघ ३, २०८१ बिहीबार १४:११ बजे

केएनपी नेरोलेक पेन्ट्सले आफ्नो विशेष फेस्टिभ स्किम अन्तर्गत ग्राहकहरुलाई केएनपिको रंगमा दंग बनाउने अवसर ल्याएको थियो।

यस योजनाले उत्सवको रमाइलोसँगै बम्पर पुरस्कारको रूपमा ५ लाख रूपैयाँ बराबरको सुन जित्ने मौका पनि उपलब्ध गराएको थियो।


बम्पर पुरस्कारको रूपमा ५ लाख बराबरको सुन जनकपुरका शिव नारायण मण्डलले, ब्राण्डेड ल्यापटप भरतपुरकी अमृता महतोले र ब्राण्डेड स्मार्ट टिभी विरगंजका ध्रुब प्रसाद गुप्ताले जितेका छन्।

'केएनपिको पर्वसँगै रंगमा दंग, ५ लाख बराबरको सुन सँग' योजनामा केएनपिको सेलेक्टेड पेन्ट्स खरिद गर्ने १०० जना भाग्यशाली ग्राहकहरूले ब्राण्डेड स्मार्ट वाच, १ जनाले ब्राण्डेड स्मार्ट टिभी र १ जनाले ब्राण्डेड ल्यापटप जित्न सक्ने अवसर थियो।

यस योजनाको विजेता लक्की ड्र मार्फत पुस २८ गते कान्तिपुर टिभी एचडीको कल कान्तिपुरमा प्रत्यक्ष रुपमा चुनिएको थियो। साथै थप १०० भाग्यशाली ग्राहकले केएनपिको तर्फबाट स्मार्ट वाच जित्ने मौका पाएका छन्।


Author

थप समाचार
x