ब्रान्‍ड

लामिनारद्वारा नेपालकै पहिलो फुल–बडी टाइल ‘सेन्टो’ सार्वजनिक

इकागज |
फागुन ९, २०८१ शुक्रबार १८:५९ बजे

काठमाडौं- भिट्रिफाइड टाइल ब्रान्ड लामिनार टाइल्सले फुल–बडी टाइल सेन्टो सार्वजनिक गरेको छ । लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै सेन्टो नामक बुलबडी टाइल बजारमा ल्याएको हो ।

टाइल अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तर रहेको कम्पनीको दाबी छ ।


सेन्टो फुल–बडी संग्रहलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिक रूपमा सार्वजनिक गरे ।

लामिनार टाइल्स् फागुन ११ गतेसम्म चल्ने यस वर्षको बिल्डकन एक्स्पोको प्रमुख प्रायोजक रहेको छ । फुल–बडी टाइलहरूको बनावट प्राकृतिक ढुंगाजस्तै भएकाले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन ।

लामिनार टाइल्स्को उत्पादक, लुम्बिनी सेरामिक्स्का प्रबन्ध निर्देशक आशुतोष खेतानका अनुसार पीईआए रेटिङ ५ (जसले कुनै पनि टाइल्सको अत्याधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कम्पनीको भनाइ छ ।

टाइल विमानस्थल, सपिङ मल, होटेल, अस्पताल, पार्किङ, सडकपेटीलगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत सेन्टोले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ । यस टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पूलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको छ ।

आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो संग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरू का लागि उत्तम विकल्प बनेको छ ।


Author

थप समाचार
x