ब्रान्‍ड

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वारा अनावरण

इकागज |
फागुन २८, २०८१ बुधबार १२:४९ बजे

ललितपुर- लामो समयदेखि छाला तथा कपाल सम्बन्धि समस्यामा उत्कृष्ट सेवा प्रदान गर्दै आएको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टि एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस 'भिभाची'  भित्र्याएको छ ।  कुपण्डोलको होटल हिमालयमा आयोजित एक समारोहमा नेपाली फिल्म क्षेत्रका तीन लोकप्रिय अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले उक्त डिभाइसको अनावरण गरेका छन् ।

समारोहमा अभिनेत्री केकी अधिकारी तथा रेखा थापाले आफूहरु समय मिलाएर यसै साता भिभाची प्रविधिको प्रयोग गरेर आफ्नो छालालाई थप स्वस्थ बनाउने धारणा व्यक्त गरे । समारोहमा ढिला गरि उपस्थित अभिनेत्री शाहले पनि आफू पनि उक्त प्रविधिको सेवा लिन इच्छुक रहेको धारणा व्यक्त गरिन् ।  अनोभा स्किन एण्ड हेयर क्लिनिककी सञ्चालिका वरिष्ठ छाला रोग विशेषज्ञ डा.स्मृति श्रेष्ठले यो डिभाइस नेपालमा ल्याउन ठूलो मेहनत गर्नु परेको बताइन् ।


डा. श्रेष्ठका अनुसार भिभाची उपकरण एउटा माइक्रो निडलिङ प्रकयाद्वारा छाला तथा कपालको  उपचार गर्ने प्रविधि हो । उनका अनुसार भिभाची  एउटा उन्नत माइक्रो निडलिङ प्रविधि हो, जसमा रेडियो फ्रिक्वेन्सी ऊर्जा र साना सुईहरू प्रयोग गरी छाला तथा कपालको पुनर्निर्माण गरिन्छ ।

यो उपचार छालाको गहिराइमा पुगेर कोलाजेन उत्पादन बढाउने, चाउरीपन हटाउने, दागधब्बा कम गर्ने तथा छालालाई टाइट बनाउने कार्य गर्छ । डा. श्रेष्ठका अनुसार यो प्रविधि छालाका विभिन्न समस्याहरु सुधार गर्न प्रयोग गरिन्छ । उनका अनुसार छालाको कसिलोपन कोलाजेन उत्पादन बढाएर छालालाई टाइट बनाउँछ, चाउरी र फाइन लाइनहरू हटाउँदै बुढ्यौलीका संकेतहरू कम गर्छ, छालाको बनावट सुधार गरि छालालाई मोटो, चम्किलो  र स्वस्थ बनाउँछ ।

उनका अनुसार यो प्रविधि एक्ने स्कारको लागि अहिलेसम्मकै एक उत्कृष्ट डिभाइस हो ।   त्यस्तै, यसले छालाको पिग्मेन्टेशन र दाग हटाउने, अनुहारका दाग, स्ट्रेच मार्क्स र रंग असमानतालाई समेत सुधार गर्छ । त्यस्तै यसले तेलियापन र पोर्स सानो बनाउँदै छालाको तेल नियन्त्रण गर्छ र कपालको रौका प्वालहरू साना बनाउँछ । यसका साथै कपालको हेयर रिग्रोथका लागि भिभाचीलाई एक्सा्सम्ससंग प्रयोग गर्दा रिसर्च अनुसार कपालको डेन्सिटी तथा डायमिटरमा सुधार हुन्छ । 

  डा. श्रेष्ठका अनुसार भिभाची माइक्रो निडलिङका विभिन्न फाइदाहरु पनि छन् । जस्तै यो प्रविधिबाट गरिने उपचामा दुखाइ कम हुन्छ, टोपिकल एनेस्थेसिया (सुन्याउने क्रीम) प्रयोग गरिने भएकाले दुखाइ कम अनुभव हुन्छ । यसबाहेक छालामा उपचार गरेको केहि दिन भित्रै छालामा सुधार देखिन्छ र छिटो  सामान्य अवस्थामा फर्किन्छ । डा.श्रेष्ठका अनुसार यो प्रविधि सबै प्रकारका छाला तथा कपालका लागि उपयुक्त छ । 

उक्त प्रविधिको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै डा. श्रेष्ठले भिभाची माइक्रो निडलिङ एक सुरक्षित र प्रभावकारी छाला उपचार प्रविधि भएको तथा यसले स्वस्थ, चम्किलो र जवान देखिने छाला पाउन मद्दत गर्ने दावीसमेत गरेकी थिइन् ।  समारोहमा सोसल मिडियाका केही लोकप्रिय कन्टेन्ट क्रिएटरहरुले समेत यो प्रविधिको प्रयोगमार्फत आफ्नो छालालाई थप स्वस्थ्य बनाउने धारणा व्यक्त गरेका थिए ।

समारोहमा अनोभा स्किन एण्ड हेयर क्लिनिकको तर्फबाट केही स्टलहरु राखेर यो प्रविधिका साथै छाला तथा कपाल सम्बन्धि जिज्ञासा राख्नेहरुलाई परामर्शसमेत दिइएको थियो ।


Author

थप समाचार
x