शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

काठमाडौं - ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा भव्य रूपमा सार्वजनिक गरेको छ । यसको लन्च समारोह शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा सम्पन्न भएको थियो ।
शाओमी १५ अल्ट्राको लन्च १५ हजार भन्दा बढी दर्शकहरूको माझ मनाइएको थियो । चर्चित गायक सुशान्त केसीको प्रत्यक्ष प्रस्तुतिले माहोललाई रोमाञ्चक बनाएको थियो भने याना शर्माद्वारा गरिएको शाओमी १५ अल्ट्राको अनावरणले कार्यक्रमलाई झनै विशेष बनाएको थियो ।
सञ्जय गुप्ताको होस्टमा सञ्चालन भएको उक्त कार्यक्रमका मुख्य क्षणहरु लाईका क्यामेरा प्रविधि सहितको शाओमी १५ अल्ट्राबाट खिचिएको थियो ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीयसबारे भने, “हामी शाओमी १५ अल्ट्रा नेपालमा प्रस्तुत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। यो फ्ल्यागशिप स्मार्टफोनले फोटोग्राफीको परिभाषा बदल्नेछ र प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ। शाओमी हाइपरओएस र लाईका अप्टिक्सको पावरले शाओमी १५ अल्ट्राले मोबाइल इमेजिङ र प्रदर्शनको नयाँ मापदण्ड स्थापना गर्नेछ।”
लाईका टेक्नोलोजीको साथमा अप्टिकल डिजाइन
शाओमी १५ अल्ट्रा लाईका सुमिलक्स अप्टिकल लेन्सको साथमा डिजाइन गरिएको छ । यसमा समावेश रहेको लाईका १–इन्च मुख्य सेन्सर र २०० मेगा पिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ जसले हरेक क्षणलाई स्पष्ट र जीवन्त बनाउँछ।
अतुलनीय प्रदर्शन र नवीनता
स्न्याप ड्रागन ८ एलिट मोबाइल प्लेटफर्म र ३एनएमप्रासेस टेक्नोलोजी रहेको यस स्मार्टफोनले प्रदर्शन र ऊर्जा दक्षता बढाउँछ। शाओमी हाइपर ओएसले एआई–सम्पन्न इकोसिस्टम निर्माण गर्दै प्रयोगकर्ताको अनुभवलाई अझ उत्कृष्ट बनाउँछ।
उत्कृष्ट डिस्प्ले र मजबुत सुरक्षा
शाओमी १५ अल्ट्रामा शाओमी शिल्ड ग्लास २.० प्रयोग गरिएको छ जसले यस स्मार्टफोनको स्थायित्व र ड्रप–रेजिस्ट्यान्स प्रदान गर्छ। ६.७३–इन्च डब्ल्यूक्यूएचडी+एमोलेड प्यानल, ३२०० निट्स पीक ब्राइटनेस र १–१२० हट्र्ज अडाप्टिभ रिफ्रेस रेटले प्रयोगकर्तालाई इमर्सिभ भिउइङ प्रदान गर्छ।
लाइट, स्पिड र डिस्ट्यान्सलाई नियन्त्रणमा राख्ने प्रविधि
लाईकाको सुमिलक्स लेन्सको माध्यमबाट उत्कृष्ट नाइट सट्सक्याप्चर गर्न सकिन्छ भने लाईका २०० मेगा पिक्सेल अल्ट्रा टेलिफोटो लेन्सले टाढाका तस्बिरहरू पनि उत्कृष्ट रूपमा खिच्न सकिन्छ।यस डिभाइसले ८के भिडियो रेकर्डिङ, लाईका फोटोग्राफिक स्टाइलहरू र शाओमी प्रोफोकसपनि सपोर्ट गर्छ जसले यो स्मार्टफोन प्रोफेसनल–ग्रेड मोबाइल फोटोग्राफी र भिडियो मेकिंगको लागि उत्तम विकल्प बन्दछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया