बजेट वृत्तान्त

त्यस बखतको बजेट : वित्त गोप्य राख्‍नुपर्छ

इकागज |
माघ २१, २०७७ बुधबार १७:१३ बजे


राणा व्यवस्था र धर्मशास्त्रको आड पाएका श्री ३ महाराजले राष्ट्र धनलाई आफूले हडप्दथे र अरुले गरेको खर्चमा ठूलो निगरानी राख्थे । 

०००


राणा सरकारको प्रशासनको मूलमन्त्र थियो, खर्च सकभर घटाउने र आम्दानी जतिसक्यो धेरै बढाउने । खर्च घट्न गइ बचेको र बढी आम्दानी भएको सबै रकम श्री ३ महाराजको बाहुली दाखिला हुने हुँदा ।

राणा सरकारको अति कडा दरबन्दी व्यवस्थाले गर्दा श्री ३ महाराजको खड्ग निशाना बेगर चार पैसा खर्च लेख्‍न, मिनाहा बक्स दिन र लगती आम्दानी घटाउन पाइँदैनथ्यो । ‘कच्चा नछाड्नु, जम्माजम्मी नगर्नु’ भन्ने सवाल थियो । यस नियमले गर्दा राष्ट्रको जम्माजम्मी आम्दानी खर्च श्री ३ महाराज सिवाय अरु कसैले थाहा पाउने सम्भव थिएन । धर्मशास्त्रमा संकेत ९ गोपनियतामध्ये राष्ट्रको आयको चर कसैलाई नदिनु भन्‍ने कुराको राणा सरकारले २००० सालसम्म राम्रोसँग पालना गरेको थियो । यसरी राणा व्यवस्था र धर्मशास्त्रको आड पाएका श्री ३ महाराजले राष्ट्र धनलाई आफूले हडप्दथे र अरुले गरेको खर्चमा ठूलो निगरानी राख्थे । 

सुधार गर्ने हो भने प्रधानमन्त्रीले वार्षिक तीन लाख रुपैयाँको तलबमा चित्त बुझाउनपर्दछ भन्‍ने मुख्तियार मोहनशम्शेरको पद्मशम्शेरलाई धम्की । त्यस्तो धम्की श्री मोहनशम्शेरले बराबर श्री ३ पद्मलाई सुनाउँदथे भन्‍ने कुरा पनि गाइँगुइँ सुनिन्थ्यो ।

नेपालमा बजेट पास गर्ने व्यवस्था बसाली प्रधानमन्त्रीको तलब वार्षिक रु. ३ लाख (तीन सरकारको तीन लाख) ठेक्नपर्दछ भन्ने कुरा प्रसङ्गमा चल्दा तीन लाखे । प्रधानमन्त्री को हुन चाहन्छ भनी केही रोलवाला वरिष्ठ राणाहरू ओठ लेप्य्राएर च्याँठिन्थे— आर्थिक नियन्त्रणभित्र बस्न उनीहरूको कत्ति मन नहुँदा ।
पछिसम्म पनि नेपालको आय-व्यय गोप्य राख्‍नपर्दछ भन्‍ने धेरै राणाको

भनाइ आधारित थियो - हाम्रै धर्मशास्त्रमा उल्लिखित नव गोप्यता (आयुर, वित्तम, गृहच्छिद्रम्, मन्त्रा, मैथन, मेषजन् । तमोमाना अपमानश्च नवगोप्यति घत्नम्) को पालन गर्नपर्दछ भन्ने कथन र आर्थिक उत्तरदायित्व वहन गर्न नखोज्‍ने मनोवृत्तिमा । 

गुरु भनाउँदाहरूले पनि यो गोप्यता भङ्ग नहोस् भनी चेलाहरूलाई सदा अर्ती दिन्थे, कान फुक्दथे । गाँठका निर्धा श्री ३ पद्मशम्शेर प्रधानमन्त्री भएपछि साविकका प्रधानमन्त्रीले जस्तै राष्ट्रको धन कुम्ल्याउने लोभबाट मुक्त भएका थिएनन् । त्यसैले नेपालमा वैधानिक सुधार गर्ने हो भने प्रधानमन्त्रीले सीमित तलबमा चित्त बुझाउनुपर्दछ भन्ने मुख्तियार मोहनशम्शेरको धम्कीले रामवाणको काम गर्यो र श्री ३ पद्म फड्को चल्न सकेनन् । 
(सरदार भीमबहादुर पाँडेले पाँच भागमा लेखेको ‘त्यस बखतको नेपाल’ पुस्तकबाट ।)

 


Author

थप समाचार
x