आमचुनाव २०७९

महेन्द्रलाई पछ्याउँदै रघुवीर

इकागज |
मंसिर १२, २०७९ सोमबार १७:१२ बजे

फाइल फोटो

धनुषा - धनुषा ४ मा जारी मतगणनाअनुसार एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन् । हाल कांग्रेसका महेन्द्र यादव सात सय ४५ मतसहित अघि छन् । 

यादवसँग तीव्र प्रतिस्पर्धामा रहेका महासेठ मतान्तर घटाउँदै दोस्रो स्थानमा छन् । हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सह-महामन्त्रीसमेत रहेका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गरिरहँदा महासेठ भने २७ हजार नौ सय १० मतसहित पछ्याइरहेका छन् । 


अब मिथिला नगरपालिकाको वडा नम्बर  ७, ८, ९, १० र ११ को मतगणना बाँकी छ । 


Author

थप समाचार
x