आमचुनाव २०७९

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

इकागज |
मंसिर २४, २०७९ शनिवार १७:२२ बजे

काठमाडौँ - माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातितर्फ सांसदको नाम टुंगो लगाएको छ । केन्द्रले १४ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।  

माओवादीले खसआर्यमा हितराज पाण्डे, विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्माको नाम सिफारिस गरेको छ । यस्तै आदिवासी जनजातितर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा बुझाएको छ ।


यता, मधेसीमा मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारु महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाएको छ । मुस्लिम महिलामा भने कल्पना मियाँको नाम सिफारिस गरेर आयोग पठाएको छ । 


Author

थप समाचार
x