यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

फाइल फोटो
सुर्खेत - नेकपा एमालेको आज बसेको बैठकले कर्णाली प्रदेशबाट समानुपातिकतर्फका पाँच जना प्रदेशसभा सदस्यको टुंगो लगाएको छ ।
नेकपा एमालेको आजको बैठकले निर्वाचन आयोगलाई बुझाएको सूची अनुसार हुम्लाका कलबहादुर हमाल यस्तै, जनजातिबाट सुर्खेतकी नन्दा गुरुङ्ग, दलित महिलाबाट दैलेखकी गमता विक, खस आर्यतर्फबाट कालिकोटकी दक्षिणा शाही र रुकुम पश्चिमकी तुलसा मल्ल छानिएका छन् ।
एमालेले प्रत्यक्षतर्फका २४ सिट मध्ये कर्णालीमा पाँच सिट जितेको छ । एमाले कर्णालीमा दश सिट सहित तेस्रो दल बनेको हो । १४ सिट सहित कांग्रेस पहिलो, १३ सिटसहित माओवादी दोस्रो बनेका छन् । राप्रपा र नेकपा एसको भागमा एक एक सिट परेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया