सिनेमा

ब्रुस लीको जीवनीमा फिल्म बनाउँदै आङ ली

इकागज |
मंसिर १५, २०७९ बिहीबार १२:१२ बजे

लसएन्जल्स- आङ ली, ‘ब्रोकब्याक माउन्टेन’ र ‘लाइफ अफ पाई’ जस्ता अवार्ड विजेता फिल्मका निर्देशक आङ लीले चाइनिज अमेरिकन अभिनेता ब्रुस लीको जीवनीमा फिल्म बनाउने भएका छन् । फिल्ममा ब्रुस लीको भूमिका भने आङ लीका छोरा मासोन लीले निर्वाह गर्ने भएका छन् । 

सन् १९७३ मा ३२ वर्षको उमेरमा दिवंगत अभिनेता ब्रुस लीले छोटो समयमै मार्सल आर्ट श्रेणीका फिल्ममार्फत प्रभावशाली पहिचान बनाएका थिए । उनी अभीनित ‘फिस्ट अफ फ्युरी’, ‘इन्टर दि ड्रागन’, ‘दि वे अफ ड्रागन’ आदि फिल्मले विश्वभर मार्सल आर्टस्लाई परिचित गराउन भूमिका खेलेका थिए । 


पूर्व पश्चिमलाई जोड्ने सेतुको रुपमा उनको भूमिका रहेको बताउँदै आङ लीले सानो उमेरमा उनले प्राप्त गरेको सफलता र संघर्ष पर्दामा भन्ने लोभ धेरै पहिलेदेखि रहेको र अन्ततः त्यो पूरा हुने चरणमा रहेको बताएका थिए । 

३२ नै वर्षका मासोन लीले हलिउड फिल्म ‘हयाङओभर २’ र ‘बिल्ली लिन्स लङ हाफटाइम वाक’मा अभिनय गरेका छन् । उनले हालसालै ताइवानिज रोमान्टिक कमेडी ‘स्ट्यान्ड बाई मी’ र हङकङको ड्रामा ‘लिम्बो’, र ‘हु किल्ड कक रोबिन’मा काम गरेका छन् । 
 


Author

थप समाचार
x