सिनेमा

‘मनसँग मन’को ट्रेलर : वर्षासँग मनको कुरा गर्दै पुष्प

इकागज |
माघ १७, २०७९ मगलवार १०:२७ बजे

काठमाडौँ - माघको २७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलरमा मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीलाई देखाइएको छ । ट्रेलरमा वर्षा र पुष्पको प्रेमलाई झल्काउने कोशिस निर्माताले गरेका छन् ।

यो फिल्ममा नायक पल शाह र नायिका पूजा शर्माले एउटा गीतमा नृत्य गरेका छन् । फिल्ममा वर्षा र पुष्पको अलवा वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ । सौरभ इन्टरटेन्मेन्ट र बालाजी इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् ।


फिल्ममा अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राईको कथा तथा पटकथा छ । फिल्ममा अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ ।

 


Author

थप समाचार
x