सिनेमा

जबर्जस्ती गर्भवती बनाएपछि युट्युबरसँग रिसाइन् नीता

इकागज |
चैत ४, २०७९ शनिबार १५:५० बजे

काठमाडौँ -  अभिनेत्री नीता ढुंगानाले युट्यबुरले भ्रामक हेडलाइन राखेर नकारात्मक प्रभाव पारेको भन्दै फेसबुकमा असन्तुष्टि जाहेर गरेकी छिन् । आफूले म्युजिक भिडियोमा निर्वाह गरेको भूमिकालाई व्यक्तिगत जीवनसँग जोडेर जबर्जस्ती गर्भवती बनाएको भन्दै उनले प्रेस काउन्सिलको ध्यानाकर्षण पनि गराएकी छिन् । 

आफूले अभिनय गरेको एउटा गीतको सार्वजनिक कार्यक्रममा उपस्थित नीताले आफूले काम गरेका सिर्जना सन्तान जस्तै लाग्ने अभिव्यक्ति दिएकी थिइन् । उनको यही भनाइलाई युट्युबरले नीता गर्भवती भएको आसयको शीर्षक राखेर सार्वजनिक गरेका थिए ।


यसरी भ्रामक हेडलाइन राख्ने युट्यबु च्यानलको स्क्रिनसट राख्दै नीताले लेखेकी छिन्,  ‘ कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ । विभिन्न चरित्र निभाउने क्रममा हामीले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा त्यस्ता घटना भएको भन्ने आसय दिने भ्रामक हेडलाइन राख्ने र साना ठूला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन । यस्ता कृयाकलापले धेरै कलाकारको जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो प्रचलनप्रति मेरो घोर भत्सर्ना छ । बिहीबार मात्र म अभिनित मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो  । तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसँग जोडेर भ्रामक हेडलाइन राखेका छन् । जुन आपत्तिजनक छ । मेरो जीवनमा यसले नकारात्मक प्रभाव पारेको छ । यस्ता क्रियाकलाप प्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहान्छु ।’


Author

थप समाचार
x