सिनेमा

अस्कर लाइभ हेर्न ‘आरआरआर’ टिमले तिर्नु परेको थियो २० लाख

इकागज |
चैत ५, २०७९ आइतबार १३:० बजे

मुम्बई - अस्कर अवार्ड सकिएको हप्ता दिन भइसक्यो तर भारतमा यसको तरङ सकिएको छैन । गीत र डकुमेन्ट्रीमा गरी भारतले यो पटक दुई अस्कर भित्र्याएपछि केही दिनसम्म चर्चा हुनु स्वाभाविक नै हो । यो पटक ‘आरआरआर’मा समावेश ‘नाटु नाटु’गीतले अस्कर जितेको थियो भने डकुमेन्ट्री ‘एलिफेन्ट विस्पर्स’ले लघु डकुमेन्ट्रीको अवार्ड जितेको थियो । 

‘नाटु नाटु’गीतले अस्कर जित्दा ‘आरआरआर’का निर्देशक र मुख्य कलाकार कार्यक्रममा उपस्थित थिए । तर इकोनमिक टाइम्सका अनुसार अस्करको अवार्ड समारोहमा छिर्न ‘आरआरआर’ निर्देशक एसएस राजामौली, कलाकार रामचरण र जुनिएर एनटीआरले आयोजकलाई महंगो रकम तिर्नुपरेको थियो ।


दि इकोनमिक टाइम्सले लेखेअनुसार राजामौलीले प्रत्येक कलाकार तथा परिवारका सदस्यका लागि २५ हजार डलरको टिकट किनेका थिए जुन भारतीय रुपैंयाँमा रुपान्तरण गर्दा २० लाख हाराहारी हुन आउँछ । अस्कर समारोहमा राजामौलीले श्रीमती र छोरालाई लिएर गएका थिए भने अभिनेता रामचरण श्रीमती उपासनासहित गएका थिए । यसैगरी जुनियर एनटीआरको परिवार पनि कार्यक्रममा उपस्थिति थियो ।

अस्कर आयोजकले ‘नाटु नाटु’का संगीतकार एमएम किरावानी र गायक कोरियोग्राफरलाई मात्र निःशुल्क पास दिएको थियो । समारोहमा उनीहरूलाई बस्नलाई पनि अघिल्लो लहरका कुर्सी उपलब्ध गराइएको थियो भने निर्देशक राजामौली र कलाकार अन्तिम सिटमा थिए । फ्यानले समारोह चलिरहँदा नै यो कुराको विरोध गरेका थिए ।   


Author

थप समाचार
x