सिनेमा

'जारी' गीतमा दया र मिरुनाको केमेस्ट्री

इकागज |
चैत १२, २०७९ आइतवार १०:२० बजे

काठमाडौँ- कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित सिनेमा 'जारी'को पहिलो गीत रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको निर्माण पक्षले शनिबार नै पहिलो गीत सार्वजनिक गरेको हो ।

'चरी बस्यो' बोलको लिरिकल गीतमा काली प्रसाद बास्कोटाको शब्द रचना, संगीत तथा स्वर रहेको छ । जारीको सार्वजनिक गीतककोे लिरिकल भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोक झोकलाई प्रस्तुत गरिएको छ । आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमाको गीतले दर्शकको मन जित्ने देखिन्छ ।

जारी प्रथामा आधारित रहेको सिनेमामा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

बाँसुरी फिल्मस्को प्रस्तुति र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह-निर्माताको रुपमा रहेका छन् ।

 



Author

थप समाचार
x